१९ माघ, २०८१ शनिबार

10:52:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिको म्याद ७ दिन थप

५ साउन, २०७९

जनार्दन  शर्मामाथि छानबिन गर्न गठित विशेष समितिको म्याद ७ दिन थप

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।

आर्थिक वर्ष २०७९। ८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।  असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो ।  संसद्‌मा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद  ७ दिन थप गर्न राखेको प्रस्ताव पारित भएको हो ।सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।