२२ माघ, २०८१ मंगलबार

10:44:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो

२९ पुस, २०७८

सुनको मूल्य बढ्यो

काठमाण्डौं
सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९१ ह्जार पाँच सय रुपैयाँ थियो ।  यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।