१९ माघ, २०८१ शनिबार

10:39:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै माइतीघरमा विद्यार्थीको कार्टुन प्रदर्शन

५ साउन, २०७९

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै माइतीघरमा  विद्यार्थीको कार्टुन प्रदर्शन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले आज (बिहिबार) काठमाडौंको माइतीघरमा कार्टुन प्रदर्शन गरेका छन् । गभर्नर विरुद्द आन्दोलन गरिरहेका नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले माइतीघरमा आज दिउँसो ३ बजेबाट कार्टुन प्रदर्शन गरेको हो।

उनीहरुले यस अघि हिजो (बुधबार) राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरेका थिए  । उनीहरुले साउन  ६ गते शुक्रबार देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने बताएका छन् । त्यस्तै  साउन ७ गते संघीय सांसदहरुलाई  गभर्नर बर्खास्तीको माग गर्दै आवाज संसद्‍मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको एम अधिकारी गभर्नर अधिकारी नै रहेको दाबी गर्दै विद्यार्थी संघसंगठन केही दिनअघिदेखि गभर्नरको राजीनाको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्।  यद्यपि उहाँले आफु एम अधिअकरी नभएको र एमालेको विभागको सदस्य नरहेको बताउँदै आउनुभएको छ भने  एमालेले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर नभएको प्रष्टीकरण दिएको छ।