२१ बैशाख, २०८१ शुक्रबार

04:25:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वका धनीहरूको सूचीमा भारतका व्यापारी गौतम अडानी चौथो नम्बरमा

Nepal Business

५ साउन, २०७९

विश्वका धनीहरूको सूचीमा भारतका व्यापारी गौतम अडानी चौथो नम्बरमा

एजेन्सी । भारतका उद्योगपति गौतम अडानी विश्वका धनीहरूको सूचीमा चौथो नम्बरमा पुग्नुभएको छ । उहाँले नेटवर्थ बढेर ९.२ लाख करोड पुर्याउदै विश्वका चौथो धनीको सूचीमा पुग्नु भएको हो । 

धनीको सूचीबाट उहाँले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई तल झारेका छन् । फोर्ब्सको धनी सूचीका अनुसार अडानी ११५.४ बिलियन डलर भएको छ भने गेट्सको कुल सम्पत्ति १०४.२ बिलियन डलर छ । अर्थात् दुवैको नेटवर्थमा करिब ११ अर्ब डलरको अन्तर छ ।

अडानी यसै वर्ष अप्रिल ४ मा १०० अर्ब डलरको क्लबमा सामेल हुनुभएको थियो । उहाँ एसियाकै धनी व्यक्ति पनि हुनुहुन्छ । फोर्ब्सको सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १० नम्बरमा हुनुहुन्छ । 

टेस्लाका संस्थापक एलोन मस्क, लुइस भिटनका सीईओ बर्नार्ड अर्नाल्ट र अमेजनका संस्थापक जेफ बेजोस अदानी समूहको सेयर मूल्यमा तीव्र वृद्धिका कारण अडानी चौथो नम्बरमा हुनुहुन्छ। उहाँले एक नम्बरमा पुग्न उहाँहरुलाई पछाडि पार्नुपर्ने हुन्छ ।

एक वर्षअघि अर्थात् अप्रिल २०२१ मा अदानीको कुल सम्पत्ति ५७ अर्ब डलर थियो । अदानी समूहसँग सातवटा सार्वजनिक रूपमा सूचीबद्ध कम्पनीहरू छन् जसको संयुक्त बजार पूंजीकरण २०० बिलियन भन्दा बढी छ । अदानी एसियामा पहिलो र मुकेश अम्बानी नेट वर्थको हिसाबले दोस्रो स्थानमा हुनुहुन्छ ।