१९ माघ, २०८१ शनिबार

10:38:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखराका मेयर आचार्यको सम्पत्ति ४३ करोड, सेयर मात्रै २५ करोडको

५ साउन, २०७९

पोखराका मेयर आचार्यको सम्पत्ति ४३ करोड, सेयर मात्रै २५ करोडको

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मेयर आचार्यले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उहाँसँग ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको खुद सम्पत्ति रहेको छ ।

भने २ करोड ८५ लाख रुपैयाँ ऋण भएको आचार्यले जनाउनुभएको छ । अहिले ऋणबाहेक ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक गरेको विवरणमा उहाँले पुर्ख्यौली सम्पत्ति भने उल्लेख गर्नुभएको छैन । आचार्यको सम्पत्ति विवरणअनुसार काठमाडौं र कास्की गरी ३ वटा घर छन् ।

पोखरा–९ मा ९ करोड २५ लाख मूल्य बराबरको एउटा घर र काठमाडौंको सितापाइला–४ मा रहेको १ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरको घर भने श्रीमती पुष्पाकुमारी पौडेलको नाममा छ ।

त्यस्तै, पोखरा–११ मा रहेको ३ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको एउटा घर भने आचार्यको नाममा रहेको विवरणमा उल्लेख छ । आचार्यसँग हेवा गाउँपालिका दोलखामा ८७ लाख रुपैयाँ बराबरको ५८.७ रोपनी जग्गा रहेको छ ।

मेयर आचार्यले आफूसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको खुलाएउनुभएको छ । टोयटा र्‍याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एक वटा र ३ वटा स्कुटर आफूसँग रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा सार्वजनिक गर्नुभएको छ ।

नगद र बैंक मौज्दात गरी १५ लाख नगद मौज्दात रहेको मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ ।  कुन कुन कम्पनीमा कति सेयर छ भन्ने विषय भने मेयर आचार्यले खुलाउनुभएको छैन् ।

यस्तै मेयर आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।