२१ बैशाख, २०८१ शुक्रबार

02:48:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिभुवन विमानस्थल भन्सारद्धारा १०२.६ प्रतिशत राजस्व संकलन

Nepal Business

५ साउन, २०७९

त्रिभुवन विमानस्थल भन्सारद्धारा १०२.६ प्रतिशत राजस्व संकलन

काठमाण्डौं । गत आर्थिक वर्ष २०७८/७९ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १०२.६ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार यो लक्ष्यभन्दा बढि हो ।

गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य २३ अर्ब १५ करोड रुपैयाँ तोकिदिएको थियो । तर, कार्यालयले यस अवधिमा २३ अर्ब ७५ करोड रुपैयाँ कूल राजस्व असुली गरेको हो । 

त्रिवि भन्सार कार्यालयले गएको चार वर्ष पश्चात पहिलो पटक आफ्नो लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । 

आर्थिक वर्ष २०७७/७८ को तुलनामा यस आर्थिक वर्षको राजस्व असुली ३६.१२ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाको छ । जुन समग्र राष्ट्रिय राजस्व वृद्धिको तुलनामा समेत बढी रहेको छ ।

यात्रुले झिटी गुन्टा आदेश बमोजिम राजस्व छुट पाउने भन्दा बढी परिमाणमा ल्याउने गरेको सुन तथा सुनका गहना र मोबाइल लगायतका अन्य माल वस्तुलाई भन्सार राजस्वको दायरामा ल्याउनका लागि गरिएको विशेष प्रयासबाट समेत समग्र राजस्व संकलनमा महत्त्वपूर्ण योगदान पुगेको कार्यालयले जनाएको छ ।