१९ माघ, २०८१ शनिबार

10:55:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने

५ साउन, २०७९

अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै (साउन ६ गते शुक्रबार) देखि सञ्चालनमा आउने भएको छ । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि साउन ६ गतेदेखि भदौ ३१ गतेसम्म २० प्रतिशत छुट दिने भएको छ ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढी सराङकोटमा साउन महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ ।

साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै  सुविधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफी सप, रेष्टुरेन्टबाट चारै तर्फको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ ।

साथै केबलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । केवलकार बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।