२३ बैशाख, २०८१ आइतबार

09:23:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काहुँकोटको पर्यटकीय सम्भावनाबारे बृहत् अन्तरक्रिया गरिने

Nepal Business

४ साउन, २०७९

अन्तरक्रियाको निष्कर्षलाई लिपिबद्ध गरी सङ्घले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई समेत प्रतिवेदन बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

काहुँकोटको पर्यटकीय सम्भावनाबारे बृहत् अन्तरक्रिया गरिने

गण्डकी,

पोखराको नजिक रहेर पनि पर्याप्त सम्भावनाका बाबजुद ओझेलमा परेको काहुँकोटको पर्यटकीय सम्भावना सम्बन्धमा स्वतन्त्र पत्रकार सङ्घ नेपालले बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

यही साउन ६ गते गर्न लागिएको अन्तरक्रियामा काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाबारे जानकारी, स्थानीय समस्याको पहिचान, सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले गर्नुपर्ने कामलगायत विषयमा छलफल गरिने सङ्घका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

यही साउन ६ गते गर्न लागिएको अन्तरक्रियामा काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाबारे जानकारी, स्थानीय समस्याको पहिचान, सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले गर्नुपर्ने कामलगायत विषयमा छलफल गरिने सङ्घका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

अन्तरक्रियाको निष्कर्षलाई लिपिबद्ध गरी सङ्घले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई समेत प्रतिवेदन बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा जोड दिइने सङ्घका उपमहासचिव कल्याण पन्तले बताउनुभयो । 

कार्यक्रममा सङ्घका २९ जिल्लाका ७५ जना सञ्चारकर्मीसहित पर्यटन विज्ञ, स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र आमासमूहका प्रतिनिधि, होमस्टे सञ्चालक गरी करिब १५० जनाको सहभागिता रहने सङ्घका कास्की अध्यक्ष असफल गौतमले जानकारी दिनुभयो ।

पछिल्ला समयमा काहुँकोटमा विभिन्न पर्यटकीय पूर्वाधार बन्ने तयारीसमेत गरिएको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ११ स्थित उक्त स्थलमा कूल १७८ रोपनी क्षेत्रफलभित्र बुद्धमूर्तिसहितका संरचना निर्माण गर्न लागिएको हो ।