२१ बैशाख, २०८१ शुक्रबार

06:00:03 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुर्खेतमा दुई क्विन्टल माछा जंगलमा गाडियो, किन ?

Nepal Business

४ साउन, २०७९

माछा व्यवसायीलाई भने फेरि पनि अवैधरूपले प्रतिबन्धित माछा बिक्री वितरण गरेको पाइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएर छोडिएको उहाँले बताउनुभयो ।

सुर्खेतमा दुई क्विन्टल माछा जंगलमा गाडियो, किन ?

सुर्खेत,

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मङ्गलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट गरेको हो ।

अनुगमनका क्रममा प्रतिबन्धित मङ्गुर माछाको बिक्री वितरण भइरहेको सूचना पाएलगतै टोली त्यहाँ पुगेर हटियालाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरिएको अधिकृत थापाले बताउनुभयो ।

उहाँका अनुसार जफत गरिएका मङ्गुर माछा  वीरेन्द्रनगर नगरपालिका अगाडि कुइनेपानी जङ्गलमा गाडेर नष्ट गरिएको छ । 

माछा व्यवसायीलाई भने फेरि पनि अवैधरूपले प्रतिबन्धित माछा बिक्री वितरण गरेको पाइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएर छोडिएको उहाँले बताउनुभयो ।