१९ माघ, २०८१ शनिबार

10:45:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मानवअधिकार आयोगले भन्यो- ‘कारागारका कैदीबन्दीको अवस्था जटिल छ’

Nepal Business

४ साउन, २०७९

“कारागारभित्रको कैदीबन्दी के कारणले बिरामी प¥यो, के कारणले म¥यो भन्ने जानकारी थाहा पाउन नै मुस्किल हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

मानवअधिकार आयोगले भन्यो- ‘कारागारका कैदीबन्दीको अवस्था जटिल छ’

काठमाडौँ,
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताउनुभएको छ । 

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित  कार्यक्रममा उहाँले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताउनुभयो ।

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित  कार्यक्रममा उहाँले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताउनुभयो ।

“कारागारभित्रको कैदीबन्दी के कारणले बिरामी प¥यो, के कारणले म¥यो भन्ने जानकारी थाहा पाउन नै मुस्किल हुँदै आएको छ”, उहाँले भन्नुभयो । 

अध्यक्ष मगरले पहिलेको तुलनामा भन्दा अहिले कारागारभित्र भने सुधार आएको बताउनुभयो । उहाँले कारागारभित्र रहेका कैदीबन्दीको अवस्थाबारे आयोगले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्नुभयो ।