२१ बैशाख, २०८१ शुक्रबार

07:18:05 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुर विमानस्थल विस्तार चालु आबदेखि शुरु गरिँदै

Nepal Business

४ साउन, २०७९

भरतपुर महानगरपालिकाले निरन्तररूपमा विमानस्थल विस्तारका लागि घचघच्याउने कार्य गरेकोमा महानगरलाई धन्यवाद दिनुभयो ।

भरतपुर विमानस्थल विस्तार चालु आबदेखि शुरु गरिँदै

भरतपुर,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उहाँले तत्काल काम अघि बढाइने बताउनुभयो । 

हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै अब काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो विमानस्थल विस्तारका लागि मन्त्रालयले उच्च महत्व दिएको छ ।”

विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्ने भन्दै उहाँले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जमिनको कारणले काम रोकिन्न ।” चितवनका लागि मात्रै नभएर देशकै लागि यो विमानस्थल महत्वपूर्ण भएको भन्दै उहाँले नागरिक उड्डयन प्राधिकरणको बजेटबाट काम अघि बढ्ने जानकारी दिनुभयो ।