१९ माघ, २०८१ शनिबार

10:53:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हुण्डी कारोबारको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

Nepal Business

४ साउन, २०७९

हुण्डी कारोबारको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

काठमाण्डौं । हुण्डी कारोबारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार  जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारको आरोपमा एक जनालाई पक्राउ गरेको हो । 

विरगञ्ज महानगरपालिका वडा नंम्बर १६ रजत जयन्ती चोकबाट २५ वर्षिय भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार राकेशको साथबाट स्रोत नखुलेको ४१ लाख ५५ हजार नेपाली रुपैयाँ बरामद भएको छ । उनले बिआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकलको सिटमुनी र ट्यांकीमा उक्त रकम लुकाएर राखेका थिए । 

तालुक प्रहरी प्रदेश कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले राकेशलाई पक्राउ गरेको हो । उनी विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ कसुरमा  अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।