१९ माघ, २०८१ शनिबार

10:50:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कमजोर पासपोर्टको सूचीमा नेपाल १०६ औँ स्थानमा, सबैभन्दा बलियो पासपोर्टमा कुन देश पर्यो ?

Nepal Business

४ साउन, २०७९

कमजोर पासपोर्टको सूचीमा नेपाल १०६ औँ स्थानमा, सबैभन्दा बलियो पासपोर्टमा कुन  देश पर्यो ?

काठमाण्डौं । संसारको सबैभन्दा कमजोर पासपोर्टमा नेपालको पासपोर्ट (राहदानी) पनि परेको छ । बेलायती कम्पनी हेन्ली एन्ड पार्टनर्सको ‘हेन्ली पासपोर्ट इन्डेक्स’ मा नेपाली पासपोर्ट १०६ औं स्थानमा परेको हो । 

हेन्लीको सूचीमा अन्तिम स्थान अर्थात् ११२ औं स्थानमा रहेको अफगानिस्तानको पासपोर्ट भने विश्वकै सबैभन्दा कमजोर सावित भएको छ । यस्तै जापानको पासपोर्ट भने विश्वकै सबैभन्दा बलियो देखिएको छ । पहिलो स्थानमा रहेको जापानको पासपोर्टबाट विश्वका १९३ देशहरुमा भिसा फ्रि प्रवेश मिल्दछ ।

दोस्रो स्थानमा रहेको सिंगापुर र तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको पासपोर्टबाट समान १९२ देशहरुमा भिसा नलगाई नै भ्रमण गर्न मिल्छ । नेपाली पासपोर्टबाट विश्वका ३८ वटा देशहरुमा मात्र भिसाबिनै वा अन अराइभल भिसाका आधारमा प्रवेश गर्न सकिने हेन्लीको सूचीमा उल्लेख छ ।