२१ बैशाख, २०८१ शुक्रबार

12:37:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्री स्टिलद्धारा भारतमा २५ मेट्रिक टन स्टिल निर्यात

Nepal Business

४ साउन, २०७९

श्री स्टिलद्धारा भारतमा २५ मेट्रिक टन स्टिल निर्यात

काठमाण्डौं । श्री स्टिलले भारतको नौतनहवा तर्फ २५ मेट्रिक टन स्टिल निर्यात गरेको छ । बुधबार श्री स्टिलका सञ्चालक राजेश अग्रवालले सरकारले निर्यात अनुदानको घोषणा गरेपछि भारतमा निर्यात सुरु गरिएको जानकारी दिनुभयो । 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, स्टिल, पानी तथा जुत्ता निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । जसको कार्यविधि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाइरहेको छ ।

श्री स्टिलले भारतमा निर्यात गर्नको लागि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र लिन एक वर्ष अगाडि प्रक्रिया अगाडि बढाएको थियो । यसअघि पाल्पा सिमेन्टले भारततर्फ सिमेन्ट आयात सुरु गरिससकेको छ ।