१९ माघ, २०८१ शनिबार
10:48:38 AM
४ साउन, २०७९
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दुई वटा सञ्चार माध्यम विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिनुभएको छ ।
महानगर प्रमुख शाहले नेपाल समाचारपत्र दैनिक र हिमालयन टेलिभिजनले आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रममा विनियोजित बजेट रकम कुनै अुमक संस्थालाई उपलब्ध गराउन लागिएको भन्ने तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार प्रकाशन, प्रशारण गरेको भन्दै उक्त सञ्चार माध्यमलाई कारबाही गर्न माग गर्दै उजुरी दिनुभएको हो ।
प्रमुख शाहले दिएको उजुरीमा व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रुपमा समाचार प्रकाशन, प्रशारण गरेको भन्दै उजुरी दिनुभएको छ ।
महानगरले रुनिट अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ लाभ हुने गरी महानगरपालिकाल आर्थिक वर्ष २०७९÷८० को प्रस्तावित बजेट विनियोजन गरेको भन्दै ती सञ्चार माध्यमले समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।