१९ माघ, २०८१ शनिबार

10:35:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलायो, सीसीटीभी फुटेज रिकभर गरिँदै

Nepal Business

३ साउन, २०७९

समितिको बैठकले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलायो, सीसीटीभी फुटेज रिकभर गरिँदै

काठमाडौँ 
बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको उपस्थितिबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । 

समितिको मंगलबार बसेको बैठकले शर्मालाई बयानका लागि बोलाउने निर्णय गरे पनि समय भने तोकेको छैन । सम्भवत बुधबार बोलाउने तयारी छ । 

समितिको मंगलबार बसेको बैठकले शर्मालाई बयानका लागि बोलाउने निर्णय गरे पनि समय भने तोकेको छैन । सम्भवत बुधबार बोलाउने तयारी छ । 

समितिको बैठकले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

त्यसैगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको बारेमा पहिलो पटक समाचार लेख्ने पत्रकारलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको ती सदस्यले बताउनुभयो ।

त्यसैगरी, सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय गरेको छ ।

बजेट निर्माणको क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो ।

असार २२ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाउनुभएको थियो ।