२४ बैशाख, २०८१ सोमबार

12:00:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागलुङमा असारमा मात्रै सवा दुई अर्ब खर्च

Nepal Business

३ साउन, २०७९

कूल विनियोजित रु दुई अर्ब ७४ करोड एक लाख मध्ये ३४.२८ प्रतिशत बजेट असारमा मात्रै खर्च भएको छ ।

बागलुङमा असारमा मात्रै सवा दुई अर्ब खर्च

बागलुङ
बागलुङमा गएको असार महिनामा मात्रै रु दुई अर्ब १५ करोड खर्च भएको छ । जिल्लास्थित सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले मात्रै उक्त खर्च गरेका हुन् । 

असारमा मात्रै चालुतर्फ रु एक अर्ब एक करोड ९५ लाख ५५ हजार खर्च भएको छ । यो कूल विनियोजनको भएको बजेटको १२.४६ प्रतिशत हो । 

असारमा मात्रै चालुतर्फ रु एक अर्ब एक करोड ९५ लाख ५५ हजार खर्च भएको छ । यो कूल विनियोजनको भएको बजेटको १२.४६ प्रतिशत हो । 

असारमा मात्रै यहाँका सरकारी कार्यालयले रु एक अर्ब २४ करोड ८४ लाख खर्च गरेका छन् । कूल विनियोजित रु दुई अर्ब ७४ करोड एक लाख मध्ये ३४.२८ प्रतिशत बजेट असारमा मात्रै खर्च भएको छ ।

पछिल्लो ११ महिनामा ४१.७२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका कार्यालयले असारमा मात्रै उक्त खर्च गरेका हुन् । पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असारमा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन । कार्यालहरुबाट खर्च भएको तथ्याङ्कलाई हेर्दा चालु आवमा ८८.७५ प्रतिशत खर्च भएको छ । 

चालुतर्फ ९४.४५ प्रतिशत र पुँजीगततर्फ ७५.२८ प्रतिशत बजेट खर्च भएको हो । गत आवमा जिल्लामा कूल ८७.८५ प्रतिशत खर्च भएको थियो । 

गत वर्ष ८३.०७ प्रतिशत पुँजीगत खर्च गरेका कार्यालयले ९०.३१ प्रतिशत चालु आवमा खर्च गरेका थिए । अघिल्लो बर्षको तुलनामा चालु खर्च बढेको भए पनि पुँजीगत खर्चमा भने कमी आएको छ । 

जिल्लास्थित सङ्घीय सरकारअन्तर्गत कार्यालयले भन्दा प्रदेश सरकारअन्तर्गत कार्यालयको पूँँजीगत खर्च अनुपात उल्लेख्य रहेको छ । 

असार मसान्तसम्म सङ्घीय सरकारको ५८.२५ प्रतिशत पुँजीगत खर्च हुँदा प्रदेश सरकारको ८७.७४ प्रतिशत पुँजीगत खर्च भएको छ । 
सङ्घीयतर्फ पुँजीगत शीर्षकमा रु एक अर्ब, ५४ करोड २६ लाख विनियोजन भएकामा रु ८९ करोड ८५ लाख खर्च भएको छ । असारमा मात्रै रु ३३ करोड ७३ लाखभन्दा बढी खर्च भएको छ ।