९ मंसिर, २०८१ आइतबार
06:29:08 PM
३ साउन, २०७९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राप्रपाका चार नेताले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्ने नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारी रहेका छन् ।
राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने बताएका छन् ।
‘राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ’, विज्ञप्तिमा भनिएको छ।