१९ माघ, २०८१ शनिबार

10:33:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास

३ साउन, २०७९

काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास

काठमाडौं ।  काठमाडौंको जोरपाटीस्थित एक घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्याससहित माटोको लेदो र पानीको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको स्थानीयले बताएका छन् ।बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको र गन्ध पनि ग्यासकै जस्तै आइरहेको स्थानीय जानकारी दिएका छन् ।  

ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको छ । घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको प्रहरीले जनाएको छ ।