२३ बैशाख, २०८१ आइतबार

01:47:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चौधरी समूह र एनई समूहको लगानी रहेको भिभान्ता होटलको कारोबार घट्यो

Nepal Business

३ साउन, २०७९

चौधरी समूह र एनई समूहको लगानी रहेको भिभान्ता होटलको कारोबार घट्यो

काठमाडौं । चौधरी समूह र एनई समूहको लगानी रहेको भिभान्ता होटलको कारोबार घटेको छ । सन् २०२० मा १७ करोड ६१ लाख रुपैयाँको कारोबार गरेको होटलले २०२१ मा नौ करोड १२ लाख रुपैयाँको कारोबार गरेको छ ।

सन् २०१९ मा होटलले आठ करोड १४ लाख रुपैयाँको व्यापार गरेको थियो।

रेटिङ एजेन्सी इक्रा नेपालले कोरोना महामारीका कारण अकुपेन्सीमा आएको गिरावटका कारण कम्पनीको आम्दानी २०२० र २०२१ मा अपेक्षित नभएको जानकारी दिएको हो  । होटलले ८१ करोड ६६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि पाएको रेटिङ इक्रा नेपालले घटुवा गरिदिएको छ ।७९ करोड ६६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि यसअघि पाएको एनपी एल डबल बी माइनस रेटिङ घटुवा गर्दै एनपी एल डी पाएको छ ।

दुई करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि यसअघि पाएको एनपी ए फोर रेटिङ घटुवा हुँदै एनपी डी रेटिङ पाएको छ। 

आर एण्ड आर होटल्स र रिसोर्ट प्रालिले ललितपुरको झम्सिखेलमा चार तारे भिभान्ता होटल संचालन गरिरहेको छ । चौधरी समूहले सीजी हस्पिटालिटी होल्डिङ्स नेपाल प्रालि र एनई समूहले सिबक्रिम ल्याण्ड र इन्डस्ट्रियल कम्पनी प्रालिको नाममा होटलमा लगानी गरेको छ । 

होटलमा चौधरी समूहको ७५ प्रतिशत र एनई समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । होटलको व्यवस्थापन र संचालन इन्डियन होटल्स कम्पनी लिमिटेडले १८ वर्षका लागि लिएको छ । त्यसपछि थप गर्न सकिने सम्झौता भएको छ । २०१९ जनवरी १७ देखि होटल संचालनमा छ ।