१९ माघ, २०८१ शनिबार
10:32:45 AM
२ साउन, २०७९
दुई दिन बयान लिँदा पनि उनीहरुले छानबिनका लागि कुनै क्लु नदिएपछि सीसीटीभी फुटेज रिकभरलगायतका प्राविधिक कामका लागि नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र नेपाल प्रहरीको साइबर ब्यूरोका विज्ञसँग सहयोग लिने तयारी गरेको छ
काठमाडौँ
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालय अन्तर्गतका १० जना अधिकारीसँग बयान लिएको छ । गत शनिबार र आइतबार गरी यी अधिकारीसँग २२ घण्टा बयान लिएको हो ।
गत शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार बिहान ९ बजेदेखि राति ९ बजेसम्म समितिले बयान लिएको थियो ।
गत शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार बिहान ९ बजेदेखि राति ९ बजेसम्म समितिले बयान लिएको थियो ।
बयानका क्रममा मन्त्रालयका अधिकारीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयको प्रतिवाद गरेको र त्यसैअनुसार बयान दिएको समिति स्रोतले जानकारी दिएको छ ।
समितिले अर्थसचिव मधु मरासिनीसँग ४ घण्टा र राजस्व सचिव कृष्णहरि पुष्करसँग ३ घण्टा बयान लिएको स्रोतले जनाएको छ । दुई सचिवहरुसँग नै लामो बयान लिएको थियो ।
साइबर व्यूरोको सहयोग लिने तयारी
दुई दिन बयान लिँदा पनि उनीहरुले छानबिनका लागि कुनै क्लु नदिएपछि सीसीटीभी फुटेज रिकभरलगायतका प्राविधिक कामका लागि नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र नेपाल प्रहरीको साइबर ब्यूरोका विज्ञसँग सहयोग लिने तयारी गरेको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको कुरा उठेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै त्यही दिन प्रतिनिधिसभाले संसदीय विषेश छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिलाई १० दिनको कार्यादेश दिइएको छ। समितिले काम थालेको सात दिन बितिसकेको छ ।