२१ बैशाख, २०८१ शुक्रबार

02:31:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बल्ल ६० प्रतिशत रोपाइँ...

Nepal Business

२ साउन, २०७९

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ ।

बल्ल ६० प्रतिशत रोपाइँ...

काठमाडौँ,

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ ।

गत वर्ष असारमा ६८ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । 

गत वर्ष असारमा ६८ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । 

रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएकोे हो । गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । 

विशेषगरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । 

हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।