१९ माघ, २०८१ शनिबार

12:30:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

२ साउन, २०७९

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा पोखरेलले राजीनामा पत्र बुझाउनुभएको हो ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुग्नुभएको थिए ।

तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ गते कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो । सर्वोच्च अदालतले सिंहकै पक्षमा फैसला गरेपछि उहाँले राजीनामा दिनुभइको हो ।