२१ बैशाख, २०८१ शुक्रबार

02:59:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन असोजभित्रै बोलकबोल तथा ठेक्का सम्झैता गरेर १५ दिनमै काम शुरु गर्नुपर्ने (पूर्णपाठसहित)

Nepal Business

२ साउन, २०७९

चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन असोजभित्रै बोलकबोल तथा ठेक्का सम्झैता गरेर १५ दिनमै काम शुरु गर्नुपर्ने (पूर्णपाठसहित)

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन असोजभित्रै बोलकबोल तथा ठेक्का सम्झैता गरेर १५ दिनमै काम शुरु गर्नुपर्ने निर्देशन दिएको छ । 

अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाकृत नभएपछि उक्त कार्यदेश दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सो मागर्ददर्शनमा पुँजीगत खर्च गर्ने कार्ययोजना र असोज मसान्तभित्र तयार गरी÷गर्न लगाइ सोको मासिक प्रगति अनुगमन गर्ने व्यवस्था मिलाउनु भनिएको छ ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रबाट १० करोड रुपैयाँभन्दा माथिका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण गराउनुपर्नेछ ।

मार्गदर्शन अनुसार आयोजनाका लागि पहिलो भुक्तानीका लागि भौतिक प्रगति आवश्यक पर्ने छैन भने दोस्रो त्रैमासको भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमासको भुक्तानीका लागि सो अवधिसम्मको भौतिक प्रगति न्यूनतम ५० प्रतिशत पुग्नुपर्नेछ ।