१९ माघ, २०८१ शनिबार

12:37:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनका गहना तथा नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ

Nepal Business

२ साउन, २०७९

सुनका गहना तथा नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ

मोरङ । मोरङमा सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई १ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको छ । 

उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।