१९ माघ, २०८१ शनिबार
12:23:51 PM
२ साउन, २०७९
काठमाडौं । एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने १९ वर्षका नरेश पुन मगर रहेका छन् । असार ३१ गते राति पोखराको न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा पुनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
नरेश उपर कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।