२१ बैशाख, २०८१ शुक्रबार

03:37:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आन्तरिक उडानको टिकट बिक्रीमा कडाइ, जोकसैलाई पनि बिक्रीको अनुमति नदिइने

Nepal Business

१ साउन, २०७९

जोसुकैले हवाई टिकट बेच्दा मनोमानी भाडा असुल्ने, यात्रु ठगिने, बेलैमा उडान नहुनेलगायत लापरबाही हुने गरेको थियो ।

आन्तरिक उडानको टिकट बिक्रीमा कडाइ, जोकसैलाई पनि बिक्रीको अनुमति नदिइने

काठमाडौँ 
आन्तरिक उडानमा राजनीतिक शक्तिका आधारमा अब वायुसेवा कम्पनीले जोसुकैले हवाई टिकट बिक्री गर्ने जनरल सेल्स एजेन्ट (जीएसए) तोक्न नपाउने भएका छन् । 

दर्ता र निश्चित रकम धरौटीबिना दुर्गम तथा सुगम भेगमा हवाई टिकट बिक्री गर्न दिइएको छुटमा नागरिक उड्डयन प्राधिकरणले भदौदेखि कडाइ गर्दै छ ।

दर्ता र निश्चित रकम धरौटीबिना दुर्गम तथा सुगम भेगमा हवाई टिकट बिक्री गर्न दिइएको छुटमा नागरिक उड्डयन प्राधिकरणले भदौदेखि कडाइ गर्दै छ ।

‘आन्तरिक उडानमा अब होटल, राजनीतिक कार्यकर्ता, शक्ति केन्द्रको पहुँच र भनसुनका आधारमा जोसुकैले सर्वसाधारणलाई वायुसेवाका टिकट बेच्न नपाउने भएका छन्,’ प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘अब आन्तरिक उडानमा जीएसएले अनिवार्य प्राधिकरणको नियमअनुसार दर्ता भएको हुनुपर्नेछ ।’ 

जोसुकैले हवाई टिकट बेच्दा मनोमानी भाडा असुल्ने, यात्रु ठगिने, बेलैमा उडान नहुनेलगायत लापरबाही हुने गरेको थियो ।

त्यसैलाई नियमन गर्न प्राधिकरणले आन्तरिक उडानमा रहेका ८ वटा वायुसेवालाई साउन मसान्तभित्र अनिवार्य दर्ता भएकासँग मात्रै भदौदेखि कारोबार गर्न पत्र पठाएको हो ।