१९ माघ, २०८१ शनिबार

12:35:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले भृकुटी मण्डपमा भएको आगलागीको छानबिन गर्ने

Nepal Business

१ साउन, २०७९

उहाँले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि सहयोगी समाग्री उपलब्ध गराइने बताउनु भयो ।

सरकारले भृकुटी मण्डपमा भएको आगलागीको छानबिन गर्ने

काठमाडौँ, 

सरकारले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने भएको छ । 

गृहमन्त्री खाणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताउनु आश्वासन दिनुभएको हो ।  

गृहमन्त्री खाणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताउनु आश्वासन दिनुभएको हो । 

आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका  लागि राखेका सहयोगी सामाग्री जलेको थियो ।

उहाँले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि सहयोगी समाग्री उपलब्ध गराइने बताउनु भयो ।

उहाँले प्राधिकरणले उपलब्ध गराउने सहयोगी सामाग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिनुभयो । 

अवलोकनका क्रममा गृहमन्त्री खाणले आगलागी भएको स्टोर, राष्ट्रिय अपाङ्ग कोषको कार्यालय र ती सामग्र निर्माणको समेत अवलोकन गर्नुभएको थियो । 

गृहमन्त्री खाणलाई कोषका सभापति डेकराज भट्टराईसँग आगलागी, कोषका बारेमा जानकारी लिनुभएको थियो । 

अवलोकनका क्रममा गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरालगायतको सहभागिता थियो । 

उक्त स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।