१९ माघ, २०८१ शनिबार
12:30:55 PM
१ साउन, २०७९
खस आर्य समुदायका महिलाबाट शुरु भएको फेसन अहिले स्थानीय नेवार समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।
भादगाउँ,
भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ ।
उहाँले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाउनुभएको छ । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ भने हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।

साउन महिनामा विवाहित नारीले हरियो, पहँेलो र रातो रङका पहिरन हरियो चुरा, हातमा मेहेन्दी लगाई सोमबार शिवजीको व्रत बसे श्रीमान्को आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने भन्ने विश्वासले साउनमा हरियो, पहँेलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ ।

हिन्दु परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिको दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने हरियो चुरा र मेहेन्दी लगाउने प्रलचन भने फैलिएको छ ।
साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले पनि हरियो, पहेँलो चुरा र हत्केलामा मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका रेनु मानन्धरले बताउनुभयो ।
त्यसैले अन्य महिनामा भन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उहाँले बताउनुभयो । “अहिले त झन फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै विक्री भइहाल्छ”, उहाँले भन्नुभयो ।साउन महिना लागेसँगै हरिया चुरा र मेहेन्दीको व्यापार बढ्यो
भादगाउँ,
भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ ।
उहाँले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाउनुभएको छ । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ भने हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।
साउन महिनामा विवाहित नारीले हरियो, पहँेलो र रातो रङका पहिरन हरियो चुरा, हातमा मेहेन्दी लगाई सोमबार शिवजीको व्रत बसे श्रीमान्को आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने भन्ने विश्वासले साउनमा हरियो, पहँेलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ ।
खस आर्य समुदायका महिलाबाट शुरु भएको फेसन अहिले स्थानीय नेवार समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।
हिन्दु परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिको दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने हरियो चुरा र मेहेन्दी लगाउने प्रलचन भने फैलिएको छ ।
साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले पनि हरियो, पहेँलो चुरा र हत्केलामा मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका रेनु मानन्धरले बताउनुभयो ।
त्यसैले अन्य महिनामा भन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उहाँले बताउनुभयो । “अहिले त झन फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै विक्री भइहाल्छ”, उहाँले भन्नुभयो ।