७ मंसिर, २०८१ शुक्रबार
09:00:36 PM
१ साउन, २०७९
काठमाडौं । सरकारले नेपाल आयल निगमलाई सात अर्ब दिने भएको छ । पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सरकारले सात अर्ब ऋण उपलब्ध गराउने भएको हो ।
गत असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।
पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको भन्दै सरकारले सो ऋण रकम उपलब्ध गराएको उहाँले जनाउनुभएको छ । पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समयोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ भने अनुदा स्वरूप उद्योग मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री कार्कीले जानकारी दिनुभएको छ ।