१९ माघ, २०८१ शनिबार

11:45:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नुवाकोटको ककनीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

१ साउन, २०७९

नुवाकोटको ककनीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

महालक्ष्मीस्थाबाट तरकारी लिएर काठमाडौं आउदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराती पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ बर्षीया बसन्ती बलामी रहेकी छिन् । बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ट्रिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० बर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागी काठमाडौं ल्याइएको छ ।