५ जेठ, २०८१ शनिबार

09:42:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

Nepal Business

२८ पुस, २०७८

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

काठमाण्डौ

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो । त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ ।