२१ बैशाख, २०८१ शुक्रबार

06:22:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने सरकारको निर्णय (पूर्णपाठसहित)

Nepal Business

१ साउन, २०७९

विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने सरकारको निर्णय (पूर्णपाठसहित)

काठमाण्डौं । सरकारले विलासिताका वस्तुमा लगाएको आयात रोकलाई निरन्तरता दिएको छ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशन गर्दै कुरकुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो ।

यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।  

यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।