९ मंसिर, २०८१ आइतबार

06:21:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाम एकतामा आउन ओलीको आव्हान

Nepal Business

३२ असार, २०७९

पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने भनाइ राख्नुभयो ।

वाम एकतामा आउन ओलीको आव्हान

काठमाडौँ,

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गर्नुभएको छ ।

नेपाल–चीन हिमालयमैत्री समाजले शनिबार यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उहाँले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल–चीन हिमालयमैत्री समाजले शनिबार यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उहाँले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उहाँले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने भनाइ राख्नुभयो । 

उहाँले चीन र भारतसँग नेपालले सुमुधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । नेता ओलीले आफ्नो मनमा नेपालसँगै मुलुकको स्वाभिमान, स्वतन्त्रता र नेपाली जनताको उन्नति प्रगतिबाहेक अरु केही नभएको प्रष्टिकरण दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधिनताको रक्षा हुने भन्दै सबैले एकताका लागि पहल लिनुपर्ने बताउनुभयो । उहाँले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो ।