२१ बैशाख, २०८१ शुक्रबार

07:15:56 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह

Nepal Business

३२ असार, २०७९

गत असार र साउनमा आएको भीषण बाढीले बाटोघाटो पुलपुलेसा सबै बगाएपछि अवरुद्ध भएको आयोजनामा गाउँपालिकाकै सक्रियता र सहयोगमा सञ्चालन भएको थियो ।

मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह

हेलम्बु,
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीवासीको समस्या समाधान गरेर मात्र यहाँको पानी काठमाडौँ लैजान आग्रह गर्नुभएको छ । 

बाढीले तहसनहस बनाएको हेलम्बुलाई सङ्घीय सरकारले बेवास्ता गरेको उहाँको गुनासो थियोे । स्थानीय सरकार र केन्द्र सरकारबीच तालमेल नमिल्दा विगत लामो समयदेखि काठमाडौँवासीको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना फेरि अन्योलमा परेको छ । 

स्थानीयवासीका समस्याप्रति आयोजना र सङ्घीय सरकार उदासीन रहेका कारण मेलम्चीको भविष्य अन्योलमा परेको अध्यक्ष शेर्पाको आरोप थियो ।

पछिल्लो समय गत असार र साउनमा आएको भीषण बाढीले बाटोघाटो पुलपुलेसा सबै बगाएपछि अवरुद्ध भएको आयोजनामा गाउँपालिकाकै सक्रियता र सहयोगमा सञ्चालन भएको थियो ।

मेलम्चीको पानी काठमाडौँ पठाउने क्रममा गत चैत २९ गते उक्त गाउँपालिकाले स्थानीयवासीको समस्या समेटेर खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ११ बुँदे ध्यानाकर्षण पत्र पठाएको थियो ।