२१ फागुन, २०८१ बुधबार

09:32:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोहर व्यवस्थापनमा कामपालाई सहयोग गर्ने चन्द्रागिरिको घोषणा

Nepal Business

३२ असार, २०७९

चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र कामपा प्रमुख बालेन्द्र साहबीच चन्द्रागिरि नगपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहकार्य गर्दै जाने विषयमा छलफल भएको छ ।

फोहर व्यवस्थापनमा कामपालाई सहयोग गर्ने चन्द्रागिरिको घोषणा

काठमाडौँ,
चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ । 

यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाकाका प्रमुखका बीचमा पहिलोपटक आपसी संवादसमेत भएको छ ।

‘स्रोतमा नै फोहर नमिसाउने’ अभियानअन्तर्गत कामपाले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहर सङ्कलन गर्न लागेको जनाइएको छ । जनचेतना जगाउन उसले घरदैलो अभियान जारी राखेको छ ।

कामपा साउन १ गतेदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्दैछ ।

‘स्रोतमा नै फोहर नमिसाउने’ अभियानअन्तर्गत कामपाले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहर सङ्कलन गर्न लागेको जनाइएको छ । जनचेतना जगाउन उसले घरदैलो अभियान जारी राखेको छ ।

चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र कामपा प्रमुख बालेन्द्र साहबीच चन्द्रागिरि नगपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहकार्य गर्दै जाने विषयमा छलफल भएको छ । 

छलफलमा प्रमुख गिरीले भन्नुभयो, “फोहर व्यवस्थापन साझा समस्या भएकाले काठमाडौँ महानगरपालिका अवलम्बन गरेको नीतिलाई सधैँ साथ र सहयोग गर्न चन्द्रागिरि नगरपालिका प्रतिबद्ध छ ।

सकेसम्म नगर क्षेत्रबाट उत्पन्न हुने फोहर नगरपालिकाभित्रै व्यवस्था गर्ने नीति लिएका छौँ ।”