४ जेठ, २०८१ शुक्रबार

09:40:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नारा लेख्नुस, अख्तियारको नगद पुरस्कार जित्नुस

२८ पुस, २०७८

नारा लेख्नुस, अख्तियारको नगद पुरस्कार जित्नुस

काठमाण्डौं 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका विषयमा उत्कृष्ट नारा लेखेर पठाउने १० जनालाई नगद पुरस्कारबाट पुरस्कृत गर्ने जनाएकोछ । आयोगको आधिकारीक वेभसाईटमा जारी गरिएको सूचनामा आयोगको ३१ औं स्थापना दिवस २०७८ माघ २८ गते सार्वजनिक गर्ने गरी पौष ३० गतेसम्म नारा पठाउने १० जनालाई जनही २ हजारका दरले पुरस्कृत गरिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगको ३१ औं स्थापना दिवस २०७८ माघ २८ गते सार्वजनिक गर्ने गरी पौष ३० गतेसम्म नारा पठाउने १० जनालाई जनही २ हजारका दरले पुरस्कृत गरिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 

आयोगको सूचनामा भनिएको छ ः भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी नारा संकलन गरी उत्कृष्ट नाराहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी यसै फारम मार्फत मिति २०७८ पौष ३० गते बेलुका ४ः०० बजे सम्ममा  उपलब्ध गराई दिनुहुन अनुरोध छ। उत्कृष्ट नारा पठाउने १० जना व्यक्तिहरुलाई बैंक खाता मार्फत पुरस्कार स्वरुप प्रति व्यक्ति दुई हजार रुपैयाँ प्रदान गरिने छ । पुरस्कृत नाराहरुलाई आयोगले विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरुमा प्रयोग गर्ने समेत बताएको छ । 

एकजना व्यक्तिलाई अधिकत्तम एउटा नाराको लागि मात्र पुरस्कृत गरिने समेत आयोगको सूचनामा उल्लेख गरिएको छ ।