५ जेठ, २०८१ शनिबार

11:49:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुकुम्बासीलाई आवास दिन बुटबल उपमहानगरले थाल्यो काम

Nepal Business

२७ पुस, २०७८

सुकुम्बासीलाई आवास दिन बुटबल उपमहानगरले थाल्यो  काम

२७ पुस । बुटवल उपमहानगरले सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको छ । उपमहानगरपालिकाले प्रकोपको जोखिम र ठूला विकासे परियोजनाका निर्माणका लागि सार्वजनिक जग्गामा घर बनाई बसोबास गर्दै आएका विस्थापित परिवारलाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको हो ।

 बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने चुरे पहिराबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भएको थियो 

बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने चुरे पहिराबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भएको थियो । 

गत असारमा बसेको कार्यापालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयमार्फत त्यस्ता असुरक्षित र विस्थापित बस्तीका परिवारलाई निस्सा वितरण गर्न सुरु गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । विस्थापितको आवाससहितको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका–१७ मा करिब ११ बिघा जग्गा यकिन गरेर राखिएको छ । त्यहाँ राखिने विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्ने जनाएको छ ।

उपमहानगरले गत आवमा तिनाउ–दानव कोरिडोर, मोतिपुर औद्योेगिक कोेरिडोर जस्ता परियोजनाबाट विस्थापित हुनेलाई बुटवलमैै आवासका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यपालिकामार्फत विपन्न तथा विस्थापितका लागि नमूना सामूहिक आवास गृह निर्माण गर्ने निर्णय गरी मातहतका कार्यालयमा जानकारी पत्र पठाइएको बताउँदै प्रमुख सुवेदीले जनता आवश्यक जग्गा यकिन गरी तारबार गरिएको जानकारी दिनुभयो । 

अव्यवस्थित बस्तीमा रहेका, नदीको किनारमा उच्च जोेखिममा रहेका, पहिराको उच्च जोेखिममा रहेका र गौरवका परियोजनाबाट विस्थापित हुने परिवारकोे यकिन पहिचान गर्दैै तिनलाई तीन प्रकारका निस्सा वितरणका प्रक्रिया सुरु गरिएको  छ 

विस्थापित तथा प्रकोपबाट उच्च जोखिममा रहेका प्रभावितका लागि आवश्यक आवासको प्रबन्ध मिलाउने निर्णय गर्दै यकिन गरिएकोे जग्गाकोे कित्ता नम्बरसहित मातहतका कार्यालययमा सिफारिस गरिएको प्रमुख सुवेदीले बताउनुभयोे । सोही सिफारिस र निर्णयका आधारमा अव्यवस्थित बस्तीमा रहेका, नदीको किनारमा उच्च जोेखिममा रहेका, पहिराको उच्च जोेखिममा रहेका र गौरवका परियोजनाबाट विस्थापित हुने परिवारकोे यकिन पहिचान गर्दैै तिनलाई तीन प्रकारका निस्सा वितरणका प्रक्रिया सुरु गरिएको प्रमुख सुवेदीकोे भनाइ छ ।

अव्यवस्थित बसोेबासीका रूपमा रहेका तर बस्ती जोखिममा नरहेका परिवारलाई हरियो रङको बसोबास निस्सा पत्र, अव्यवस्थित बसोबासका रूपमा रहेका तर तिनाउ र दानव नदी कटान र बाढीपहिराकोे उच्च जोखिममा रहेका बस्तीका लागि रातो रङको स्थानान्तरण निस्सा उपलब्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयोे ।