१९ माघ, २०८१ शनिबार

11:49:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वोच्चद्वारा एआईजी पोखरेलको रिट खारेज

३१ असार, २०७९

सर्वोच्चद्वारा एआईजी पोखरेलको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्त कानुनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले शुक्रबार पोखरेलको रिट खारेज गरेको हो । पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गर्नुभएको थियो।