९ मंसिर, २०८१ आइतबार

06:51:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौद्रिक नीतिका लागि प्रधानमन्त्रीले गभर्नरलाई दिए यस्तो निर्देशन

३१ असार, २०७९

मौद्रिक नीतिका लागि प्रधानमन्त्रीले गभर्नरलाई दिए यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने बेला हुन लाग्दा सबैमा आगामी मौद्रिक नीति कस्तो आउला भन्ने चासोको बिषय बनेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका लागि सबै सरोकारवाहरुसँग दिनहुँ जसो सुझाव लिने गर्नुभएको छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउन गभर्नर अधिकारीलाई निर्देशन दिनुभएको छ । बिहीबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले वर्तमान आर्थिक अवस्था सुध्रिने गरी नीति ल्याउन आग्रह गर्नुभयो ।

 राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारेमा छलफल गर्नुभएको हो । त्यस्तै, गभर्नर अधिकारीले अहिले मुलुकको आर्थिक क्षेत्रमा देखापरेका समस्या सम्बोधन हुने गरी मौद्रिक नीति तयार भइरहेको प्रधानमन्त्री देउवालाई जानकारी दिनुभएको छ ।

उक्त छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियोे । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ।