९ मंसिर, २०८१ आइतबार
06:35:40 PM
३१ असार, २०७९
काठमाण्डौं । जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुस्करसँग बयान लिने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण मगाए पनि नआएको भन्दै आपत्ति जनाएको थियो। त्यही कारण ठोस एजेण्डामा छलफल हुन सकेको छैन ।
पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो ।