५ जेठ, २०८१ शनिबार

10:08:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शहरी पूर्वाधार विकास निगममा परिणत हुँदै 'नगर विकास कोष'

Nepal Business

२७ पुस, २०७८

 शहरी पूर्वाधार विकास निगममा परिणत हुँदै 'नगर विकास कोष'

२७ पुस । नगर विकास कोषलाई शही पूर्वाधार विकास निगममा रुपान्तरण गर्ने तयारी थालिएको छ । हालै प्रतिनिभि सभा, विकास तथा प्रविधि समिति र शहरी विकास मन्त्रालय बीचको बैठकमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले शहरी पूर्वाधार विकासका क्षेत्रमा गरेको कार्यबारे जानकारी दिनुभएको थियो ।

बैठकमा कोषलाई शहरी पूर्वाधार विकास निगममा रुपान्तरण गर्नका लागि तयार गरिएको शहरी पूर्वाधार विकास निगम, ऐनको मस्यौदाबारे समेत छलफल भएको थियो 

बैठकमा उहाँले कोषलाई शहरी पूर्वाधार विकास निगममा रुपान्तरण गर्नका लागि तयार गरिएको शहरी पूर्वाधार विकास निगम, ऐनको मस्यौदाबारे समेत प्रस्तुति दिनुभएको थियो । बैठकमा एकीकृत नमूना बस्ती, नयाँ शहर, मेगा सिटी, स्मार्ट सिटीलगायतका विषयमा  पनि छलफल भएको जनााइएको छ । 

कोषले हरित जलवायु कोषको स्रोत परिचालन गर्नेगरी तयार गरिएको काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात प्रणालीको रुपान्तरणकारी आयोजना, विद्युतीय वसको अवधारणाका विषयमा समेत उहाँले प्रस्तुतिकरण गर्नुभएको थियो । 

छलफलले शहरी पूर्वाधार  विकास निगममा रुपान्तरणको प्रक्रियाले गति प्राप्त गर्नुका साथै हरित जलवायु कोषको स्रोत परिचालनमा समेत महत्वपूर्ण सहयोग हुने अपेक्षा गरिएको छ ।