७ बैशाख, २०८१ शुक्रबार

07:55:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीसीटिभी प्रकरण : अर्थका दुवै सचिवलाई पदमुक्तको माग गर्दै सर्वोच्चमा रिट

Nepal Business

३० असार, २०७९

रिटमा गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाईएको छ ।

सीसीटिभी प्रकरण : अर्थका दुवै सचिवलाई पदमुक्तको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ,
अर्थ मन्त्रालयका दुवै सचिवलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बजेट निर्माणका क्रमको सीसीटिभी फुटेज डिलिट भएको र अर्थका २ सचिव पदमा रहिरहंदा प्रमाण नष्ट गर्न सक्ने भन्दै पदमुक्त गरेर अनुसन्धान अगाडी बढाउन रिटमा माग गरिएको छ । 

अधिवक्ताहरु बाबुराम अर्याल, सरोजकृष्ण घिमिरेलगायत ४ जनाले बिहिबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो । 

बजेट निर्माणका क्रमको सीसीटिभी फुटेज डिलिट भएको र अर्थका २ सचिव पदमा रहिरहंदा प्रमाण नष्ट गर्न सक्ने भन्दै पदमुक्त गरेर अनुसन्धान अगाडी बढाउन रिटमा माग गरिएको छ । 

अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरी पुस्कर विरुद्ध रिट परेको हो । 

रिटमा गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाईएको छ ।

उक्त सीसीटिभी फुटेज सुरक्षित राख्नको लागि गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई अन्तरिम आदेश दिन माग गरिएको छ। उक्त रिटको पेशी असार ३१ गते शुक्रबारको लागि तोकिएको छ ।

बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप तत्कालिन जनार्दन शर्मालाई लागेको छ ।  त्यसपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको छ भने उक्त घटनाको संसदीय विशेष समितिले छानविन गरिरहेको छ ।