९ मंसिर, २०८१ आइतबार
06:44:40 PM
३० असार, २०७९
पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौँ,
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ ।
जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी पदमुक्त भएका जनाइएको छ ।
पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।
जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी पदमुक्त भएका जनाइएको छ ।
‘पार्टी विभाजनमा लागेका ९ जनालाई तत्काल पदमुक्त निर्णय पारित भएको छ,’ जसपाका केन्द्रीय सदस्य एवम् वन तथा वातावरण मन्त्री प्रदीप यादवले भन्नुभयो ।
भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।
संघीय परिषद अध्यक्षको जिम्मेवारी अशोक राईलाई दिइएको छ ।