२३ बैशाख, २०८१ आइतबार

04:25:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नाटक ‘एक सिक्का’ असार ३२ गते प्रदर्शन हुने

Nepal Business

३० असार, २०७९

नाटक ‘एक सिक्का’ असार ३२ गते प्रदर्शन हुने

काठमाण्डौं । एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्धारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् ।  

बिहीबार काठमाण्डौंमा एक  पत्रकार सम्मेलन गर्दै यसपालीको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गर्नुभएको छ ।

सो नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार प्रदर्शन हुनेछ । सो नाटक दिउसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ ।

एस इन्सटिट्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले  नाटकका बारेमा जानकारी गराउनुभएको थियो । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुती पनि रहेको थियो ।