२१ फागुन, २०८१ बुधबार
05:04:04 AM
३० असार, २०७९
काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार प्रहरीले धादिङ जिल्लाको धुनिबेँसी गाउपालिका ९ घर भई हाल काठमाडौं बस्दै आएका २७ वर्षीय विकास थापालाई पक्राउ गरेको हो ।
थापाले दुबईमा १ लाख भन्दा बढी तलब पाइने होटलमा काम लगाई दिने प्रलोभनमा पारि दुई जनाबाट ११ लाख ठगी गरेको प्रहरीले जनाएको छ । दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख लाग्ने भन्दै उनिहरुबाट ११ लाख ठगी गरेर थापा फरार भएका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।