२१ फागुन, २०८१ बुधबार

04:57:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अझै करको दायरामा आएनन् चिकित्सक, इन्जिनियर, वकिल, कलाकार, खेलाडी, शिक्षक प्राध्यापक लगायतका पेशाविद्

Nepal Business

३० असार, २०७९

अझै करको दायरामा आएनन् चिकित्सक, इन्जिनियर, वकिल, कलाकार, खेलाडी, शिक्षक प्राध्यापक लगायतका पेशाविद्

काठमाण्डौं । यस वर्ष कर नबुझाउनेमा चिकित्सक, इन्जियिर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक प्राध्यापकलगायतका पेशाविद् रहेका छन् ।

महालेखापरीक्षकको कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार चिकित्सक, इन्जियिर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक प्राध्यापकलगायतका पेशाविदहरुले स्थायी लेखा नम्बर नलिएको र लिएकाले समेत आय विवरण दाखिला गरेका छैनन् । 

आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ मा पेशा, व्यवसाय वा कारोबार गर्दा तोकिएबमोजिम दर्ता हुनुपर्ने तथा इजाजत लिनुपर्ने व्यवस्था छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म व्यवसायिक स्थायी लेखा नम्बर लिनेहरु १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बरमा २४ लाख ७१ हजार ७२६, अग्रिम कर स्थायी लेखा नमबर लिनेको संख्या ९ हजार ९ सय ९८ रहेको छ । यस अवधिमा करमा दर्ता भएका एंव एजाजत लिने करदाताको संख्या कुल ४० लाख ५९ हजार १०७ रहेको छ । यी सबै करको दायरामा आएको कार्यालयले जनाएको छ । 

यस्तै सोही वर्ष मूल्य अभिवृद्धि कर दर्ता गर्नेको संख्या २ लाख ६८ हजार ४३६ रहेको छ भने अन्तःशुल्क इजाजतपत्र लिनेहरु १ लाख ३ हजार ४२३ रहेका छन् । 

कार्यालयका अनुसार २०७६/७७ को तुलनामा २०७७/७८ मा स्थाीय लेखा नम्बर लिने करदाताको संख्यामा आयकरतर्फ १८.९, मूल्य अभिवृद्धि करतर्फ ४.८७ र अन्तःशुल्क इजाजतपत्रतर्फ ९.६८ प्रतिशत वृद्धि भएको छ ।