७ मंसिर, २०८१ शुक्रबार
07:20:19 AM
२९ असार, २०७९
काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानव अधिकार हन्नका घटना भएको बताउनुभएको छ ।
मानवअधिकार एलायन्सले बुधबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगाएतका मानवअधिकार बिरोधी काम राज्य पक्षबाट भएको बताउनुभएको हो । विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उहाँको भनाई छ ।
ओलीले रेडक्रसमा अदालतको आदेश विपरित प्रहरी पठाएर तमाशा गर्न खोजेको र डेमोक्रेशी र कानूनी राजको उपहास भएको तर्क गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिले पनि मानवअधिकारको उलंघन नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्टासँग जोडिएको विषय भएको बताउनुभयो ।