७ मंसिर, २०८१ शुक्रबार
07:26:04 AM
२९ असार, २०७९
काठमाण्डौं । नेकपा एमालेका सचिव पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको बताउनुभएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाण्डौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले एक वर्षको बीचमा सरकारले गरेको एउटा पनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पूरै असफल भएको बताउनुभएको हो ।
उहाँले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको दावी गर्नुभयो ।
यस्तै उहाँले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलनमात्रै भएको आरोप लगाउनुभयो । मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गैरहेको पनि टिप्पणी गर्दै उहाँले विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको धारणा राख्नुभयो ।
सरकारले हिजो आफू सरकारमा नहुँदा प्रतिगमन देखेको संवैधानिक परिषद् सम्बन्धी ऐन अहिलेको सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उहाँले बताउनुभयो ।
अर्यालले नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरुको कुरा भएको पनि उल्लेख गर्नुभयो ।