१९ माघ, २०८१ शनिबार

01:30:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्रोत नखुलेको २० लाख नगद सहित दुई जना पक्राउ

Nepal Business

२९ असार, २०७९

स्रोत नखुलेको २० लाख नगद सहित दुई जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् ।

बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।